२० जेष्ठ २०८०, शनिबार

राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान




१६ असार, सुर्खेत । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन युवा जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न सुर्खेत जिल्ला अदालतले फैसला गरेको छ । राउटे युवतीलाई यौन दुव्र्यहार गर्ने गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने सुर्खेत जिल्ला अदालतले फैसला गरेको हो ।

अदालतका न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले आज कारागार चलान गरेको सुर्खेत जिल्ला अदालत जनाएको छ ।
राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर उनीहरुलाई यौन दुव्र्यहार गरेपछि घर्ती, बुढा र होटल संचालक पुन विरूद्ध मानव ओसारपसार, यौन दुव्र्यहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

ती युवतीलाइ युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुव्र्यहार गरेको भिडियो समेत गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाई प्रहरी पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको