१७ श्रावण २०७८, आईतवार

कालिकोटको नरहरिनाथ गाउँपालिकामा बाढीपीडित नागरिकका ५० घर निर्माण हुँदै




१६ असार, सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकाका बाढीपीडितका घर निर्माण कार्य धमाधम भइरहेको छन् । २०७७ साल असारमा आएको अबिरल वर्षापछिको बाढीपहिरोबाट घर भत्काएर बिस्थापित भएका नरहरिनाथ गाउँपालिका वडा नं. ६ र ७ का ५० घर निर्माण हुन लागेका हुन् ।

स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारको बजेटमा वडा नं ६ र ७ माल्कोट, रुप्सा, भाडगाउँ र खाती रुप्साका ५० घर बस्ती स्थान्तान्तरण भएर सुगरखालका ५० घरको निर्माण कार्य धमाधम भइरहेको छ ।

गत साल आएको बाढीपहिरोमा परेका ५० घरधुरी तत्काल जोखिम क्षेत्रबाट सासेर सुगरखालमा नयाँ बस्तीको निर्माणको काम धमाधम भइरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताए । प्रदेश सरकारको १ करोड ७० लाखमा ५० घर यो वर्ष निर्माण हुने भएका छन । ‘बाढीपहिरोबाट गाउँपालिकाको ६ र ७ नम्बर वडाका १८५ घरधुरी बिस्थापित भएका थिए ।’ उनले भने, ‘पहिलो चरणमा ५० घरधुरी बस्ती सारेर नयाँ घर निर्माण भइरहेको छ । आगामी आर्थिक वर्षमा अन्य घरधुरीको बस्ती सारेर घर निर्माण हुनेछन् ।’

बस्ती नै सारेर एकिकृत नमूना बस्तीका रुपमा विद्यालय, खानेपानीलगाएत पूर्वाधारका संरचना पनि निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए । ‘नयाँ बनेको बस्तीमा दुई वटा विद्यालय मर्ज गरेर एउटै विद्यालय निर्माण गरेका छौं ।’ उनले भने,‘विद्युत पोल गाडिएको छ । विद्युत पु¥याउनका लागि अहिले प्रक्रिया अगाडी बढाइएको छ ।’

नयाँ बन्न लागेको बस्तीमा खानेपानीको काम भइरहेको एक घर एक धाराको अवधारणामा खानेपानी पु¥याइने अध्यक्ष बिष्टले जानकारी दिए । ‘२५ लाखमा खानेपानी धारा निर्माण भएका छन् । रेडक्रसको २० लाख, गाउँपालिकाको ५ लाख लगानी रहेको छ ।’ उनले भने,‘५ किलोमिटर पाइप कर्णाली प्रदेश सरकार उपलब्ध गराएको हो ।’

एक घर बनाउनका लागि ५ लाख ४० हजार रुपैयाँ लगानी हुने एउटै प्रकारका घर निर्माण हुने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताए । ‘एउटै मोडेलका चार कोठे घरहरु निर्माण हुदैँछन् ।’ उनले भने,‘बस्तीमा विद्युत्, खानेपानी लगाएतका अन्य संरचना निर्माण हुनेछन् ।’

प्रदेश सरकारले बस्ती निर्माणका लागि एक करोड ७० लाख प्रदेश सरकार अनुदान दिएको त्यसै रकमबाट घर निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताए ।

गत साल आएको बाढीपहिरोका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु