२३ जेष्ठ २०८०, मंगलवार

बर्लिन चिडियाखानामा जुम्ल्याह पाण्डाको जन्मोत्सव



१७ भाद्र, काठमाडौं । बर्लिन चिडियाखानामा रहेका दुई जुम्ल्याहा पाण्डाहरूले चिसो केक र आइससहित आफ्नो पहिलो जन्मोत्सव मनाएका छन् । जर्मन भाषामा उनीहरूको नाम पिट र पाउले राखिएको छ भने चिनियाँ भाषामा मेङ सियान र मेङ युयान राखिएको छ ।

गत जनवरीदेखि उनीहरूलाई सार्वजनिक गरिएको हो । चिडियाघरमा जन्मिएका यी दुई पाण्डाको चर्चा जर्मनहरू माझ हुने गरेको छ । यीनका बाबुआमा चिनियाँ हुन् ।

चित्रमा देखिएकी मेङ मेङ उनकी आमा हुन् । चीनले पाण्डा कुटनीति अन्तर्गत विभिन्न देशलाई पाण्डा फिर्ता गर्ने गरी दिने गरेको छ । यिनीहरू जम्मिँदा २०० ग्रामका थिए । अहिले यी २८ किलोका भइसकेका छन् । जन्म दिवसमा उनीहरूलाई केक सहित चुकन्दरको जुस, सखरखण्ड, स्याउ र बाँसका तामाहरू खान दिइएको थियो । यसलाई आइसको एक विशिष्ट आकृतिमा तयार गरिएको थियो ।

चिनियाँ विदेश मन्त्री युरोपसँग सम्बन्ध सुधारका लागि युरोपेली देशको भ्रमणमा रहेको बेला चिनियाँ कुटनीतिका नमुना मानिने जुम्ल्याह पाण्डाको जन्मोत्सव मनाइनु एउटा राम्रो संयोग भएको छ ।

स्रोतः ऐजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको