६ आश्विन २०८०, शनिबार

अछाम चौरपाटी गाउँपालिकाले आज कोदो दिवस मनाउँदै



१६ असार, अछाम । अछाम चौरपाटी गाउँपालिकाले आज कोदो दिवस मनाउने भएको छ । गाउँपालिकामा सबैभन्दा बढी कोदोको उत्पादन हुने भएकाले कोदो दिवस मनाउन लागेको हो ।

‘फलेको कोदो, कुटेको धान’ भन्ने नाराका साथ कोदो बालीको संरक्षण एंव प्रर्वद्धन गर्नका लागि कोदो दिवस मनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।

कोदोलाई अवमुल्याङ्कन, हेयको भावले हेर्ने गरेका कारणले यसको संरक्षण र बाली उत्पादन बृद्धिका लागि कोदो दिवस मनाउन लागिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए । ‘कोदो बहुउपयोगी रैथाने बाली हो ।’ उनले भने,‘यसलाई अहिले गाउँमा हेयका रुपमा दिन थाले यसको संरक्षणका लागि कोदो दिवस मनाउन लागिएको हो ।’

गाउँपालिकामा सबैभन्दा बढी कोदो फल्ने गरेको तर, अहिले हेयका कारणले कोदो बाली लोप हुन लागेका कारणले यो दिवस मनाउन लागि अध्यक्ष साउँदले बताए । ‘यो कम मेहेनतमा नै बढी लाभ लिन सकिन्छ ।’ उनले भने,‘किसानहरुको रोजाईमा कोदो बाली कम पर्न गएको कारणले यसको संरक्षणका लागि यो दिवस मनाउन लागिएको हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको