२१ मंसिर २०७८, मंगलवार

आज २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त र २० जनाको मृत्यु



१५ असार, काठमाडौं । गत २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस अवधिमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण गरी ११ हजार ७४८ जनाको कोरोना परीक्षण गरिएको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६ (पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ । त्यस्तै निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ र मृतकको कुल संख्या ९ हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको