सरकारी पक्षको समय ७ घण्टा ५५ मिनेट बाँकीः आजको संवैधानिक इजलाशको सुनुवाइ सकियो
१५ असार, काठमाडौं । आज सरकारको तर्फबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरी प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई सकिएको छ ।
संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी रहेको छ । मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले सरकारका तर्फबाट बहसमा भाग लिएका छन्।
संवैधानिक इजलाशमा सरकार पक्षलाई बहसका लागि १५ घण्टा समय छुट्याइएको थियो । जसमध्ये १ घण्टा प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीहरूलाई बहसका लागि दिइएको छ ।