७ आश्विन २०८०, आईतवार

भोलि धान दिवसको अवसरमा कर्णालीमा सार्वजनिक विदा



१४ असार, सुर्खेत l असार अर्थात मानो रोपेर मुरी फलाउने महिना l यो महिना खास गरिकन किसानहरूको लागि अत्यन्तै व्यवस्तताको महिना हो l कर्णाली प्रदेश सरकारले असार १५ लाई धान दिवसको रूपमा मनाउदै सार्वजनिक बिदा दिने निर्णय गरेको छ l

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको यहि बैशाख १७ गते बसेको बैठकको निर्णय अनुसार धान दिवसको अवसरमा जुम्ला बाहेकका अन्य ९ जिल्लामा सार्वजिक कार्यालयहरू, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो l उक्त निर्णय सम्बन्धि जानकारी आज कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रबक्ता तुल बहादुर खड्काले जारी गरेको सार्वजनिक विदा सम्बन्धि सूचनामा उल्लेख छ l

कर्णाली प्रदेशमा जुम्लामा चैत्रमा धान रोपाइँ हुने भएकोले त्यहाँ चैत्रमा बिदा दिने गरिएको छ l


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको