२१ जेष्ठ २०८०, आईतवार

नेपालमाथि ओलीको छुद्र टिप्पणीः लाजसरम पचेको मान्छे, प्रचण्डका पुच्छर, कोही नपाएर यस्तालाई प्रधानमन्त्री प्रस्ताव राखौंला ?



१४ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डको पुच्छर भएको आरोप लगाउँदै लाज सरम पचेको मान्छे भनी टिप्पणी गरेका छन् । उनले ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’

आलीले यसअघि आफूले माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै भने, ‘धाक के लगाएर हिंडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बौलाहा कुकुरले टोकेको छ र ? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको