मेरा पनि अनुभूति कोरोना गोधूलिबाट

डा. मधुसूदन गिरी
१४ असार २०७८, सोमबार
बाटातलि बाटामाथि चौतारो चिन्ना छौं ।
गयो जोवन पाइन्या भया मात हाली किन्ना हौं ।।
तलतल भीषण जङ्गलमा न्याउली यसरी नै विरह बजिरहेकी हुनेछेः यो घर अगाडिको रुख अनि तोरणमा बसेर उज्यालो भयो ! अँध्यारो भयो ! च्याङ च्याङ र चुङचुङ हल्ला मच्चाउने जुरेली गौंथली, सारौं र कागभूषण यसरी नै हल्ला मच्चाइरहने छन्, यी दिन, महिना, ऋतु र वर्ष यसरी नै फेरो लगाइरहने छन्, वनमा तिँजू, काफल यसरी नै लदाबदी पाक्दै, खाइदै र झर्दै भइरहने छन्, मात्र म हुने छैन, मेरा मसिना आवाजहरू हुने छैनन्, मेरो अस्तित्व रहने छैन।
मात हालेर मात्र होइन रजिष्ट्रेशनै गरेर पनि न गएको जोवन अर्थात् यौवन किन्न पाइदो रहेछ न त जीवन । झण्डै एक वर्ष सतर्कता अपनाउँदा अपनाउँदै पनि कोभिडग्रस्त भएर १५ दिन (१० दिन आइसियु) अस्पतालमा बस्दा देखेको दृश्य र भोगेका अनुभवहरूबाट लाग्यो फेरि खोजेर नपाइने यस्तो बहुमूल्य जीवनरूपी फुकुण्डोको हावा ख्यालख्यालमै जस्तो फुस्कियो भने….,दैलेखतिरका लोकझोडामा भनिएजस्तै यो धर्ती यहीं यस्तै रहनेछ, यस्तै चलिरहने छ, बचेखुचेका कमिलाजस्ता यी मान्छेहरू यसरी नै सल्बलाइरहेका हुनेछन् । माथि लेकाली वनकुञ्जकी कोइली यसरी नै को हो ? को हो ? चैतमा परदेशबाट घर नफर्केको पतिको बाटो हेर्दै घर फर्किरहेका परदेशी, हटारुहरूलाई कर्णालीको कुनै प्रोषितभर्तृकाले जस्तै प्रश्न गरिरहेकी हुनेछ, तलतल भीषण जङ्गलमा न्याउली यसरी नै विरह बजिरहेकी हुनेछेः यो घर अगाडिको रुख अनि तोरणमा बसेर उज्यालो भयो ! अँध्यारो भयो ! च्याङ च्याङ र चुङचुङ हल्ला मच्चाउने जुरेली गौंथली, सारौं र कागभूषण यसरी नै हल्ला मच्चाइरहने छन्, यी दिन, महिना, ऋतु र वर्ष यसरी नै फेरो लगाइरहने छन्, वनमा तिँजू, काफल यसरी नै लदाबदी पाक्दै, खाइदै र झर्दै भइरहने छन्, मात्र म हुने छैन, मेरा मसिना आवाजहरू हुने छैनन्, मेरो अस्तित्व रहने छैन।
१५ दिने अस्पताल बसाइमध्य १० दिनको आइसीयुरूपी मृत्युको खाडीमा हेलिनु र सँगैका आफूबाहेक कोही पनि सञ्चो नभएर सबै धमाधम उँभोतिर मास छर्न जानु अनि उहाँहरूको स्थूल देह प्लाष्टिकमा बेह्रर बाहिर निकालिनु र कति पुनः थपिनु र ती पनि ….. का विभत्स दृश्यले आफ्नै अस्तित्वको दीर्घतामा पनि उत्पन्न हुने प्रश्न अर्थात् विश्वास डग्मगाउने परिस्थिति सिर्जना हुनु स्वभाविक हो तर यी कुनैले पनि विचलित बनाउन भने सकेनन्।
मानवलाई निरस्तित्वको सायद मृत्यूशून्यमा पुर्याइदिने मृत्युको विसङ्गतिलाई चिर्दै कुनै मूल्ययुक्त कर्मसँग जीवनलाई जोडेर अस्तित्ववान बनाउने प्रयत्न गरेका छन् दोस्रो विश्वयुद्ध पछिका अस्तित्ववादी दार्शनिक जाँ पाल सात्रले । मेरो त कुनै मूल्यसँग जीवनलाई जोडेर जीवन सङ्घर्ष अगि बढाउने प्रयत्नले पनि मूर्तता र मूल्य प्राप्त गरिसकेको छैन । यसैले यो स्थिति निराशा र विसङ्गतिको शून्यतम् उपत्यकामा हेल्ने स्थिति हो तर १५ दिने अस्पताल बसाइमध्य १० दिनको आइसीयुरूपी मृत्युको खाडीमा हेलिनु र सँगैका आफूबाहेक कोही पनि सञ्चो नभएर सबै धमाधम उँभोतिर मास छर्न जानु अनि उहाँहरूको स्थूल देह प्लाष्टिकमा बेह्रर बाहिर निकालिनु र कति पुनः थपिनु र ती पनि ….. का विभत्स दृश्यले आफ्नै अस्तित्वको दीर्घतामा पनि उत्पन्न हुने प्रश्न अर्थात् विश्वास डग्मगाउने परिस्थिति सिर्जना हुनु स्वभाविक हो तर यी कुनैले पनि विचलित बनाउन भने सकेनन्, बरू यस्तो स्थितिमा जन्मेका कतिपय प्रश्न भौतिकवादी दृष्टिले अनुत्तरित नै रहनाले अझ….।
बयालिस बर्षदेखि ऐन्द्रिक बोध र बोधयुक्त बस्तुसत्यलाई वास्तविक सत्य ठान्नुको विश्वासमा प्रश्न उब्जिए पनि भत्किएपछिको विकल्पको भरपर्दोपन फेरि प्रश्नयुक्त र अनुत्तरित नै हुनुले झन अन्यौंल सिर्जना हुनेछ नित्सेपछिको बौद्धिक संसारलाई जस्तो ।
उफ ! अहिले पनि कतिपय दृश्यहरू झल्झली नाचिरहन्छन् स्मृतिका रेटिनामा, कतिका त रोइदिने र दुई थोपा आँसुले अन्तिम बिदाइ गरिदिने आफन्त पनि कोही नभएको, सेनाका जवानहरू आएको, प्लाष्टिकले बेह्रेको, स्ट्रेचरमा राखेर गाडीमा लगेको । त्यसपछि ? के भयो, कहाँ लगे, के गरे, कहीँ जलाए वा खाल्डामा लगेर ….., केही थाह भएन । अनि लाग्यो, यो संसार के रहेछ ? सम्पूर्ण नाता, गोता, इष्टमित्र, दाजुभाइ, जहान परिवार, घर समाज ती सब …..।
त्यो स्थिति सायद कुनै सम्भ्रान्त सभ्यता वा वर्गको थियो वा आजको उपभोक्तावादी संस्कृतिले ग्रस्त भई छोराछोरी विदेशमै अरुकै देश बनाउन र अरुकै सेवा गर्नमा रातदिन एक गर्नेमा आमाबाबुको यथार्थ मिश्रित ….।
यी पनि सार्वजनीन रहेनछन्, सार्वभौम र सर्वकालीन रहेनछन् । कोरोनाको यो भयानक ताण्डव र मृत्युमय त्रासदीका बिच पनि मान्छेलाई माया, मोह, लोभ, क्रोधका उचाल्नै नसक्ने भारीले आइसियुका विस्तारामै पनि छोड्न नसक्दो रहेछ । छोडेको देखिएन। यसैले कहिले त लाग्छ यी पनि संसार चलाउने सूत्र नै रहेछन् कि ?
त्यसो त कोरोनाको यही खाडीमै पनि यी कुनै त्रासविनै कोरोनाग्रस्त विरामीका कैयन आफन्तहरू कोरोनासँगै बस्ने, खाने, सँगै सुत्ने र स्याहार्नेहरू पनि र कति टाढै बसेर उच्च सतर्कतापूर्वक सबै कर्तव्य पूरा गर्नेहरू पनि थिए । अनि कतिलाई त यो कोरोना वार्ड भएको भवनतिर त के यो अस्पतालको प्रवेशद्वारतिर हेर्दा पनि यो चितुवाले झम्टिन पुग्छ कि जस्तो पनि भएको अनुभव हुन्थ्यो र अँझ भनौं फोन गर्दा फोनको ध्वनिबाट पो छिरेर घाँटी अँठ्याउन पुग्न कि ?
यी सब हाम्रा साझा विशेषतालाई तुलना गर्न मन लाग्यो, पहिलो थरी कोरोनाको नामै सुन्ने वित्तिकै ओछ्यानमै सु आउने र ओछ्यानको सीमानाभन्दा टाढा जान थर्थर काम्ने, दोस्रो बिरामीलाई जनतन अस्पताल ल्याएर फालेपछि पूर्ण वेवास्था गर्ने । तेस्रो आफ्नो ज्यानभन्दा बढी माया गरेर रातदिन स्याहार गर्ने र उच्च सतर्कतापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने । यीमध्य बुद्धिमता त उच्च सतर्कतापूर्वक कर्तव्य पूरा गर्नु नै लाग्यो ।
निम्न वर्गकै प्रतिनिधित्व गर्ने कुनै नेता वा कार्यकर्ता के कुनै अति फोहरी सामान्य मजदुर बिरामी पर्दा वा भोको पर्दा, उसको जहान, केटाकेटी अभाव र आवश्यकतारूपी रोंगटेले टोकेर घाइते हुँदा तिनका फोहोरी अभावग्रस्त झुप्रामा कहिल्यै पुगेका छन् ? बढीमा बिरामी पर्दा सयौंमा एक दुई जिम्मेवार भए कुनै सस्ता सरकारी अस्पतालमा त्यस्तो कुनै व्यवस्था गरिदिन सक्ने स्थिति हुन्छ कि ?
यसबिच अनिकालको ढिक्की भएर अस्पतालको विछ्यौंनामा लडिरहँदा सोच्न सक्ने बेलामा अरू पनि थुप्रै कुरा सोचें, प्रश्नको उत्तर खोजें । वर्गीय प्रेमका कुरा, वर्गीय चरित्रका कुरा, मानवताका कुरा आदिआदि । कुन्नि वास्तविक वर्गका व्यक्ति–व्यक्ति बिच त परेको बेला वर्गीय प्रेम हुँदो हो, त्यसबाहेक एउटा निम्न वर्गलाई उच्च वर्गले वर्गीय प्रेमका नाममा राजनीति गर्नु ? त्यो केवल राजनीति, राजनीतिक स्वार्थ मात्र त होइन ? निम्न वर्गकै प्रतिनिधित्व गर्ने कुनै नेता वा कार्यकर्ता के कुनै अति फोहरी सामान्य मजदुर बिरामी पर्दा वा भोको पर्दा, उसको जहान, केटाकेटी अभाव र आवश्यकतारूपी रोंगटेले टोकेर घाइते हुँदा तिनका फोहोरी अभावग्रस्त झुप्रामा कहिल्यै पुगेका छन् ? बढीमा बिरामी पर्दा सयौंमा एक दुई जिम्मेवार भए कुनै सस्ता सरकारी अस्पतालमा त्यस्तो कुनै व्यवस्था गरिदिन सक्ने स्थिति हुन्छ कि ? बढीमा अभिनय गर्न ….. सिपालु चुनावको बेलाको कुर्ने नेता छ भने गोहीको आँसु चुहाउँदै ….. अलिकति पैसा निकालेर सहयोग दिन सक्छ ।
त्यसबाहेक स्याहारसम्हार गर्ने काम कि आफन्त भए…., नत्र कि एउटा मजदुरको अर्को मजदुर र एउटा किसानको अर्को किसानले गर्न सक्ला। सर्वहाराको कुनै नेताले सर्वहाराको गर्ने चलन छैन । कि त्यो मजदुर नेता निम्न वर्गमै भए त सायद….। मध्यम र उच्च वर्ग त अँझ आफ्नै वर्गको स्याहार र उद्दारमा पनि जाँदैन । बरु ती नेता, कार्यकर्ता र मध्यम वर्ग आफूभन्दा माथिल्लो वर्गका नेता वा आफूलाई फाइदा हुने व्यक्तिलाई पर्यो भने ज्यान फालेर सेवा चाकरी गर्न तयार हुन्छन् ।
उच्च वर्गका त कुरै नगरौं, ती त मध्यम र आफ्ना साख्खै आफन्तलाई जस्तोसुकै संकट पर्दा पनि आफूभन्दा तल्लो वर्गका सहयोगमा लाग्नु तल झर्न र इज्जत गिर्नुको अनुभव गर्छन् । मात्र तल्ला थानेकाहरूले आफ्नो सेवा गर्नु पर्छ भन्ने सामन्ती संस्कारमा जकडिएकै छन् । ती पनि अरु नेताका कार्यकर्ताले जस्तो शक्ति र सत्ताधारी व्यक्तिकोमा ज्यानै फालेर नलागे पनि आफ्ना केही अगुवाको शीघ्र स्वास्थ्यलाभको कामनादेखि सानोतिनो सरसहयोग र सेवामा हाजिर हुन्छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीहरू त वास्तवमा भगवान नै हुन्, मानवकल्याणकारी भगवान, जीवनदाता भगवान तर तिनमा सेवाको भावना भएका हुनुपर्छ, मानवताको भावना हुनुपर्छ, कल्याणको भावना हुनुपर्छ । यी विशेषता भएकाहरू भने कमै हुँदा रहेछन् ।
अँ अनुभवकै कुरा, चिकित्सक र स्वास्थ्यकर्मीहरू त वास्तवमा भगवान नै हुन्, मानवकल्याणकारी भगवान, जीवनदाता भगवान तर तिनमा सेवाको भावना भएका हुनुपर्छ, मानवताको भावना हुनुपर्छ, कल्याणको भावना हुनुपर्छ । यी विशेषता भएकाहरू भने कमै हुँदा रहेछन् तर विरामी र विमार तथा परिस्थितिको चापले सरकारको काम कैले जाला घाम गर्ने, कतिपय कामचोर प्रवृत्तिका पात्रलाई पनि सेवा कार्यमा घिसार्दो रहेछ । सेवा भाव भएका महान त उच्च तहका चिकित्सक मात्र होइन निम्नतिनिम्न तहका फोहोर स्याहार्ने कर्मचारी तथा तल्लो तहका अनमीहरूसमेत हुँदा रहेछन् । विशेषै परेबाहेक छुन त के कोठाभित्र समेत नहेर्ने माथिल्लो तहका चिकित्सक, नर्स आदि सबले रगत लिने, सुइ लगाउने, सुगर, प्रेसर आदि जाँच्ने सब काम यिनै अनमीद्वारा गराएर आफूले तर रिपोर्ट मात्र हेर्दा रहेनछन् । अझ कतिपय त यतिसम्म लापरवाह पनि हुँदारहेछन् कि सामान्य मान्छे त उनीहरूका निमित्त किराकमिलाभन्दा केही फरक हुँदा रहेनछन् । एक दिन मेरो आफ्नो रगत आदि परीक्षणको विवरण (रिपोर्ट) एउटी मैया (नर्स)ले अर्कै फाइलमा राखिछिन् । पछि चिकित्सकलाई देखाउँदा तीन दिन अगाडिको रिपोर्ट देखाइदिन लाग्दा मेरो कुरुवा मेरै परिवारले यो होइन भन्दा नर्सले जवर्जस्ती यही हो भनेर जितिन् । त्यो मिति नै आजको होइन भन्दा अर्को खोज्नको अल्छीले लेख्नेले गल्ती गर्यो होला, यही हो भनेर टारिन् । पछि चिकित्सकलाई भन्दा उनले अर्को फाइल हेर्न लगाएपछि त्यहाँ फेला पर्यो । त्यस्तै कतिपय स्वास्थ्यकर्मी कुनै कुरालाई गम्भीरतापूर्वक नलिने पनि हुन्छन् । त्यसरी हल्का किसिमले हेरेर केही पनि भएको छैन भनी टार्दा बिरामीको ज्यान जाने स्थिति हुन्छ ।
यी सम्पूर्ण हेर्दा मलाई लाग्यो सबभन्दा ठुलो मानवता रहेछ । आफूलाई काँढाले घोच्दा वा आगोले पोल्दा जस्तो पीडा हुन्छ अर्कोलाई पनि त्यस्तै हुन्छ भन्ने भावना, हाम्रो “परोपकार पुण्याय पापाय परपीडनम्” को भावना । त्यसो त मानवतावाद पनि समयअनुसार केही फरकजस्तो देखिए पनि मूल रूप एउटै हो । हो हाम्रा ऋषिहरूको आर्ष मानवतावाद अझ व्यापक थियो, चराचर सबै प्राणीको कल्याणमा केन्द्रित । आजको वर्ग विभाजित मानवतावादमध्य पुँजीवादी मानवतावाद धनी, सम्पन्न वर्गीय कल्याणतर्फ ढल्केको भन्ने निम्नवर्गीय पक्षधरहरूको ठम्याइ छ भने निम्नवर्गीय पक्षधरतायुक्त मानवतावादलाई पुँजीपति वर्गले धनीहरुले आफूले चाहेजस्तो असमानता सर्जक मनखुसी स्वेच्छाचारी ढङ्गले आर्जन गर्न नदिएर समानतामा आधारित उत्पादन र विरतणमा आधारित भनिने समाजवादी, साम्यवादी मानवतावाद निम्नवर्गतर्फ ढल्केको र अझ केन्द्रित भएको पुँजीवाद पक्षधरहरूका मानवतावादीहरूको आरोप छ ।
वर्गीय कोणबाट हेर्दै म पनि यो कोरोना र वि.सं. २०७२ वैशाख १२ गतेको महाभूकम्पपूर्व श्रीमद्भागवत् गीताको ‘कर्मण्डेवाधिकारस्ते मा फलेदु कदाचन’ अर्थात् कर्म गर फलको आशा नगर भन्ने श्रीकृष्णको सन्देशलाई सामन्तवादी सन्देशको सूत्र ठान्दथे।…. राजा महाराजा, ब्राह्मण आदि ठुलाको सेवा गर, त्यसको फलादिको अपेक्षा अहिले नगर अर्को जुनिमा पाउँछौं भन्ने लगाउँथेँ र आजको युगमा कुनै मजदुरलाई दिनभर मेरो बारीमा काम गर त्यसको फल अर्को जुनिमा पाउँछस् भनेर उहिलेका जिम्मावाल, मुखियाले वेठबेगारी आदिमा काम लगाएजस्तो गर्नु आजको युगमा सान्दर्भिक हुँदैन भन्ने लाग्थ्यो, तर यदि त्यसरी आजको आजै फल हेरेर मात्र सबै कुरा गर्ने हो भने बहत्तरको महाभूकम्पका घाइतेको उद्दार कसले गर्ने ? अहिलेको कोभिडमा गरीव र गरीव मुलुकका जनताको सहयोग कसले गर्ने ? सब त्यत्तिकै मर्ने भए । त्यसैले “कमण्डेवाधिकारसते….” यस सन्दर्भमा आज पनि त्यत्तिकै सान्दर्भिक र आवश्यक रहेछ भन्ने निस्कर्षमा म पुगेँ ।
अँ, कोरोना अनुभवका अन्य झिनामसिना अनुभव त सबैका उस्तै त हुन नि ! कुनैमा कुनै लक्षण देखिनु कुनै नदेखिनु, ज्वरो हप्ता पुग्दा पनि नबसेमा वा अक्सिजनको मात्रा ९४/९५भन्दा तल झरेमा, सास फेर्न गाह्रो भएमा अस्पताल जानु, घरमा बस्दा पूरै जाँच गराएर सुगर, प्रेसर आदि भएमा तिनको औषधि र ज्वानो–पानी, बेसार पानी, कागती–तातोपानी खानु आदि आदि ।
भुक्तभोगी रोगी सञ्चो हुञ्जेल उपचारका लागि आफै आधा चिकित्सक भइसक्छ भन्छन्, ध्यान दिएर होसियारी गरे रोग लाग्नबाट र लागिसकेपछि पनि त्यसबाट बाँच्न सकिदो रहेछ । अतः कोभिडले नयाँ नयाँ रूप लिँदै अझ सशक्त हुँदै आइरहेको छ । यस स्थितिमा हाम्रो होसियारी अत्यन्त आवश्यक छ किनभने यसले ठुला साना, धनी गरीव आदि केही नभन्दो रहेछ ।
मनोवल उच्च हुनु त आवश्यक छ तर खतराको स्थिति देखिँदा पनि धैर्यताका नाममा अस्पताल नगएर घरै बसिरहनु ज्यानका लागि जोखिमपूर्ण हुन जान्छ । कोरोना एक्लै होइन चिनी रोग (सुगर), उच्च रक्तचाप, कलेजो, मुटु, मृगौंला आदिका विमारलाई मलजल दिँदै तिकैका बलमा युद्ध लड्न आउँदोरहेछ । यसैले यी सब कुरा परीक्षण गराएर तिनमा ध्यान दिनु पर्दोरहेछ । भुक्तभोगी रोगी सञ्चो हुञ्जेल उपचारका लागि आफै आधा चिकित्सक भइसक्छ भन्छन्, ध्यान दिएर होसियारी गरे रोग लाग्नबाट र लागिसकेपछि पनि त्यसबाट बाँच्न सकिदो रहेछ । अतः कोभिडले नयाँ नयाँ रूप लिँदै अझ सशक्त हुँदै आइरहेको छ । यस स्थितिमा हाम्रो होसियारी अत्यन्त आवश्यक छ किनभने यसले ठुला साना, धनी गरीव आदि केही नभन्दो रहेछ । उसका अगाडि राजारङ्क सबै समान रहेछन् र एक दिन यो नभए पनि अर्को ठुलो अचूक..।
(लेखक गिरी प्रगतिवादी साहित्यकार, भाषा तथा लोक संस्कृतिविद् हुन् ।)