१५ मंसिर २०७८, बुधबार

पृथ्वीसुब्बा गुरुङले ओलीसँग राखे नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव



१३ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकमा नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बैठकमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नका लागि ओली तयार हुनु पर्ने बताए।

गुरूङले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन ? अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ ।’

गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव गर्दा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलगायत अन्य नेताहरुले भने कुनै प्रतिक्रिया दिएनन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको