२० जेष्ठ २०८०, शनिबार

भौतिक पूर्वाधार मन्त्रालय नदिने भए मुख्यमन्त्री चाहिन्छः दीपक मनाङे



१३ असार, पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारको चार जना मन्त्री सपथ गराउने तयारी गरेता पनि दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् ।

भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भने मुख्यमन्त्रीले तोकेको मन्त्रालयमा जान मानेनन्। मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेकोले आफू पछि नहट्ने बताए ।

विना विभागिय मन्त्री मनाङेले आफूलाई भौतिक पूर्वाधार मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखेका छन् । मनाङ्ेले भने ‘माओवादी र कांग्रेसले ४–४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भाको हो । अहिले उनीहरु लोभी भएर हुँदैन । मलाई भौतिक नदिए मुख्यमन्त्री दिन्छन् । मैले भन्दिसक्या छु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको