विश्वकै धनी बेजोसलाई पृथ्वीमा फिर्ता आउन नदिन हस्ताक्षर अभियान
१३ असार, काठमाडौं । करिब एक महिना अघि आउँदो जुलाई २० मा अन्तरिक्षमा जाने घोषणा गरेका विश्वकै धनी मानिस जेफ बेजोसलाई पृथ्वीमा फकर्न नदिने भनीले हस्ताक्षर संकलन भइरहको छ । चेन्ज डट ओआरजी वेबसाइटमा सामाजिक मुद्दाहरूलाई एक निवेदनका रूपमा वेबसाइटमा पोष्ट गरेर हस्ताक्षर अर्थात् सहमत हुनेको संख्या संकलन भइरहेको छ ।
विश्वमा धनी र गरिबबीचको असमानतालाई ईंगीत गरेजस्तो देखिने जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिउँ भन्ने आग्रहसहितको अभियानमा अहिलेसम्म १ लाख २९ हजार ६ सय २० जनाले हस्ताक्षर गरिसकेका छन्। चेन्ज डट ओआरजी वेबसाइटका करिब ४ करोड प्रयोगकर्ता रहेको विकिपिडियाले जनाएको छ । यो वेवसाइट लगइन गरेपछि जोसुकैले पनि यस्ता अभियान चालेर हस्ताक्षर संकलन गर्न सक्छन् । यो वेबसाइटमा गएर नाम र इमेल उल्लेख गरेपछि अभियानमा सहभागी हुन सकिन्छ ।
बेजोसलाई अन्तरिक्षमा नै बस्न आग्रह गर्ने यो अभियानसहितको पोष्ट अमेरिकाको मेशिगन राज्यमा अटोमोटिभ सप्लायरका म्यानेजर ३१ बर्षीय रिच गेइजरले गरेका हुन् । १ लाख ५० हजार हस्ताक्षर संकलन गर्ने किसिमले सामान्य किसिमले पोष्ट गरेको गेइजरले बताएका छन् । उनले अहिले धेरै मानिस सहभागी हुनुले धनी र गरिब वर्गबीचको असमानतालाई झल्काएको जानकारी दिएका छन् ।
यो अभियानमा १ लाख ५० हजार हस्ताक्षर संकलन भएमा चेन्ज डट ओरआरजी वेबसाइटमा सबैभन्दा बढी हस्ताक्षर भएको अभियान हुनेछ । सन् २०२० मा कोरोना महामारीमा विश्वभर लाखौं मानिसले ज्यान गुमाइरहेका बेला जेफ बेजोसको सम्पती झण्डै ७० अर्ब डलरले बढेको थियो । ब्लुमबर्गका अनुसार हाल उनको सम्पती करिब १९९ अर्ब अमेरिकी डलर रहेको छ ।
(एजेन्सीको सहयोगमा)