बालुवाटारमा माधव पक्षबिनाको एमाले स्थायी कमिटी बैठक
१३ असार, काठमाडौं । कामचलाउ प्रधानमन्त्रीको भूमिकामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षिय स्थायी कमिटीको बैठक बोलाएका छन् ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आइतबार बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको हो ।
तामाङले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । एमालेको १९ सदस्यीय स्थायी कमिटीमध्ये अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गरेका थिए ।
आजको बैठकमा पार्टी विधान र महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ । एमालेका दोस्रो पुस्ताका नेताहरूले पार्टी एकताको लागि निरन्तर प्रयास गरीरहे पनि हालसम्म एकता अनिश्चयमै छ ।