१९ जेष्ठ २०८०, शुक्रबार

गजल



घरी टुसाउँदै घरी ओइलाउँदै, गर्दोरहेछ यो प्रेम पनि ।
मन मुटु मिले पछि, पत्थरमै सर्दोरहेछ यो प्रेम पनि ।।
।।१।।
उमारेर प्रेम वृक्ष मुटुमा, जति जतनले जोगाए पनि ।
ढकमक्क फुलेर लोभ्याउँदै, झर्दोरहेछ यो प्रेम पनि ।।
।।२।।
के माग्नु खै मैमत्त मात्तिएका बैशालु प्रेमवृक्षहरूसङ्ग ?
घरि जाग्दै पछि लाग्दै, आफै मर्दोरहेछ यो प्रेम पनि ।।
।।३।।
बुझिनसक्नु पो छ त यो, अवतारी प्रेमलिला पनि ।
आफै खनेर खाल्डो, आफै पर्दोरहेछ यो प्रेम पनि ।।
।।४।।
जलचर थलचर राजा रङ्क सुर असुर संसार सारा ।
घरीघरी घनचक्करमा घुमि, टर्दोरहेछ यो प्रेम पनि ।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको