२४ श्रावण २०७९, मंगलवार

काठमाडौं उपत्यकामा निषधाज्ञा थप खुकुलो बनाइँदै



१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा केहि खुकुलो बनाएर एकसाता लम्ब्याइएको निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ ।

सोमबारसम्म जारी गरिएको निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ ।

कोरोना संक्रमण अपेक्षा अनुसार नघटेकोले थप खुकुलो बनाएर निषधाज्ञालाई जारी राख्ने तयारी थालिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

उनले भने, ‘सम्भवत आजै उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्नेछ । उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ ।’

सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ । निजी सवारी साधनहरू गत सातादेखि नै जोर–बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् । कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ । तर प्रशासन सार्वजनिक यातायात भने अझै केहि समय नखोल्ने मनस्थितिमा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको