हात्तीहरूको लङ मार्च

नेचुरालय नेपाल
१२ असार २०७८, शनिबार
चीनको युनान प्रान्तमा एउटा अनौंठो घटना भएको छ । केही दिन अघि देखि एसियाली हात्तीहरूको एक हुल उत्तरतिर निरन्तर अगि बढिरहेको छ । यसमा साना ठूला गरी १५ वटा हात्तीहरू छन्स ६ पोथी, ३ मत्ता, ३ बच्चा र ३ युवा हात्तीको समूह छ । यी हात्तीहरू हालसम्म ५०० किलोमिटर यात्रा गरेर नफर्किकन निरन्तर उत्तर बढिरहेका छन् । यी सडक, जङ्गल, साना बजार र बस्ती चहार्दै अघि बढेका छन् । वातावरणविद्हरू यो घटनाबाट अचम्मित बनेका छन् । चीन सरकारले वातावरण र वन्यजन्तु संरक्षणमा प्रशंसनिय कार्य गरेको मानिन्छ । सरकारी तथ्याङ्क अनुसार चीनको युनानको दक्षिणी खण्डमा सन् १९७० सम्म केवल १७० हात्तीहरू मात्र थिए तर भने हाल यसको संख्या ३०० भन्दा बढी पुगिसकेको छ । यी एसियाली हात्तीहरूको संख्या चीनमा बढेसँगै किन ती हात्तीहरू यति लामो यात्रा गरी उत्तरतर्फ हानिदैछन् त ? के उनीहरूले खाने कुराको अभावले या वासस्थान साँगुरो भएर नयाँ ठाउँ खोजेका हुन् ? के यिनीहरू बाटो हराएर फर्किन नसकेका हुन् ? बन्यजन्तु बैज्ञानिकहरू यसको कारण पत्ता लगाउन नसकेर हैरान भएका छन् ।
चिनियाँ तथा अन्तर्राष्ट्रिय मिडियाहरू (सिजिटिएन, ग्लोलवल टाइम्स, साउथ चाइना मोर्निङ्ग पोष्ट, अल जजिरा आदि) यो विषयलाई ठूलो समाचार बनाएका छन् । हात्तीले हालसम्म लाखौंको क्षती गरिसकेको छ तर पनि चिनियाँ सरकारले उनीहरूलाई तर्साउने पक्रिने जस्ता कार्य होइन बरू उनीहरूलाई कसरी जोगाउने भन्नेमा ध्यान केन्द्रित गरिरहेको छ । उनीहरूलाई ड्रोन मार्फत् २४ सै घण्टा अवलोकन गरिरहेको छ ठाउँठाउँमा केरा र मिठो मिठो खाने कुरा दिइरहेको छ । बाक्लो सहर या बस्तीमा गएर ज्यूज्यान र बस्तीको क्षती नहोस् भनी कतिपय ठाउँमा ट्रकहरू राखी बाटो छेक्ने अनि मिठो खाना दिएर बाटो मोड्न लगाइएको छ ।
जङ्गली हात्ती आक्रमक हुन्छ । सायद मानिसहरूले उसको शिकार गर्न गरेको मेमोरी उसको जीनमा छ । उसलाई तर्साएको, बन्दुक हानेको, खाल्डामा पारेर शिकार गरेको कुरा हात्तीले सम्झेको होला । यही जिनेटिक मेमोरी आफ्ना सन्तानहरूमा पनि सरेको होला । त्यसैले उसले मानिसलाई पनि भेट्टाएमा शत्रुको व्यवहार पनि गर्न सक्दछ ।
पाण्डा जस्तो मायालाग्दो दुर्लभ वन्यजन्तु संरक्षण गरेर र यसलाई विदेश सम्बन्धको आधारका रूपमा चीनले विकास गरेको छ । तर चीनमा यसपाली एसियाली हात्तीहरूको उत्तरी यात्राले चिनियाँहरूलाई अचम्मित पारेको छ । हात्ती चिनियाँ पहिचानको जनावर होइन । यो जनावर दक्षिण एसिया अझ विशेषत: भारतमा दैविक शक्तिको पहिचान छ । तर सारा चिनियाँहरू एसियाली हात्तीहरूले गरेको यति लामो लङ मार्च बडो रोमाञ्चकताका साथ नियालिरहेका छन् ।
संरक्षित भइरहेका ठूलो पाण्डाहरूका गतिबिधि र यीनका बच्चा भएमा मात्र चिनियाँ माझ ठूलो हल्ली खल्ली या खुशियाली छाउँछ । पाण्डा जस्तो मायालाग्दो दुर्लभ वन्यजन्तु संरक्षण गरेर र यसलाई विदेश सम्बन्धको आधारका रूपमा चीनले विकास गरेको छ । तर चीनमा यसपाली एसियाली हात्तीहरूको उत्तरी यात्राले चिनियाँहरूलाई अचम्मित पारेको छ । हात्ती चिनियाँ पहिचानको जनावर होइन । यो जनावर दक्षिण एसिया अझ विशेषततस् भारतमा दैविक शक्तिको पहिचान छ । तर सारा चिनियाँहरू एसियाली हात्तीहरूले गरेको यति लामो लङ मार्च बडो रोमाञ्चकताका साथ नियालिरहेका छन् । गाउँका महिलाहरू बासिन्दाहरू भन्दैछन् हामीलाई हात्तीले केही गरेको छैन । कतिपय ठाउँमा पर्खाल भित्र छिरेर पानी पिउने, मकै, वाइन र यस्तै मनपराउने खानेकुरा खाइदिने भने गरेको छ । किसानहरू पनि हात्तीले सामान्य क्षती गरेकोमा सरकारसँग क्षतीपूर्ती माग्ने हतारो पनि गरिसकेका छैनन् । बरू उनीहरू हात्तीको यो लङ मार्चसँग दङ्ग परेका छन् । एक जना किसानले हात्तीहरू गाउँ आएको थाह पाएर उनीहरू भोकाएका होलान् भन्दै मकै काटेर घरको बाटो अगाडि पहिल्यै राखिदिए । उनीहरूले सडक र बस्तीमा हिँडेको जङ्गली हात्तीहरूको लाम देखेर अचम्मित छन् ।

हात्तीहरूले बालीनालीको खाएर क्षती गरेपनि अन्य स्थानमा झैं मानिसलाई आक्रमण गर्ने र बस्तीमा वितण्डा मच्चाउने जस्ता कार्य भने गरेका छैनन् । नहरहरू र खोल्सी काट्न नसकेर फँसेका सबैभन्दा साना बच्चालाई हात्तीहरूले बुद्धिमत्तापूर्वक उकालेको देख्न सकिन्छ । सडकमा ठूला ट्रक देखे भने हात्तीले एक प्रकारको सचेतनाको साइरन निकाल्छ र बच्चालाई सबैभन्दा बीचमा राख्छ र सुरक्षित रूपले हिँडालेको देखिन्छ । केही हात्ती अलि पछि बस्दछन् । सायद आक्रमण भइहालेमा भिड्नु पर्छ भनेर होला । हात्ती अत्यन्तै सामाजिक र बुद्धिमान जनावर हो । हरेक दिनको लङ मार्च पछि उनीहरू जङ्गलको छेउमा सुत्दछन् । बच्चालाई बाघ या त्यस्तै कुनै जनावरबाट बचाउन सबैभन्दा बीचमा सुताउँदछन् । अझ बच्चाले शरीरमै टाउको राखेर सुत्छ । कुन्मिङतर्फ बढीरहेका हात्तीहरूको यो यात्रा गज्जवको छ । हामीलाई हात्तीमाथी कुनै राजा हिँडेको राजसीपन राम्रो लाग्छ । घरपालुवा हात्तीमाथि त अझ बन्चरो प्रयोग गरेर नियन्त्रण गरिन्छ । तर यो लङ्ग मार्चमा हात्तीहरू आफै राजा झैं बेफिक्र यात्रामा छन् ।
यी हात्तीमध्ये एउटा हात्ती समूहबाट छुट्टिएको छ । अरू हात्तीहरू पनि कुन्मिङबाट धेरै टाढा नगएर नजिकैको क्षेत्रमा रूमल्लिरहेका छन् भने छुट्टिएको हात्ती एक्लै भौतारिरहेको छ । मत्ता हात्ती मेटिङका सिलसिलामा विवाद भएर छुट्टिएको हुनु पर्दछ भन्ने अनुमान गरिएको छ । विज्ञहरूको अनुमान के छ भने समूहले त्यो हात्तीलाई पर्खिए पछि दक्षिण तर्फ लागे र फेरी उत्तरतर्फ फर्किएका छन् ।
चिनियाँ सञ्चार माध्यमहरूले भनेका छन्ः भ्याकेसनमा (तिर्थ या विदा मनाउन) आएका हात्तीहरू जहाँबाट आएका हुन् के त्यही ठाउँमा फर्किएलान् ? या यिनले फर्किन पर्ने सेन्स गुमाइसके ? या हात्तीहरूले नयाँ वासस्थान बनाउलान् ? हात्ती बुद्धिमान हुन्छ । हात्ती सुनामी हुँदा भारत र श्रीलङ्कामा पहाड तिर पहिल्यै लागेका थिए र सुरक्षित भएका थिए ।
चिनियाँ सञ्चार माध्यमहरूले भनेका छन्ः भ्याकेसनमा (तिर्थ या विदा मनाउन) आएका हात्तीहरू जहाँबाट आएका हुन् के त्यही ठाउँमा फर्किएलान् ? या यिनले फर्किन पर्ने सेन्स गुमाइसके ? या हात्तीहरूले नयाँ वासस्थान बनाउलान् ? हात्ती बुद्धिमान हुन्छ । हात्ती सुनामी हुँदा भारत र श्रीलङ्कामा पहाड तिर पहिल्यै लागेका थिए र सुरक्षित भएका थिए । बैज्ञानिकहरूले थाह नपाएको कुरा हात्तीले थाह पाएका थिए । हिन्दू धर्ममा सबैभन्दा पहिला पुजिने गणेश भगवानको टाउको हात्तीको हो । गणेश बुद्धिमान् भगवान मानिन्छन् । र, हात्ती पनि गणेश भगवान जस्तै बुद्धिमान छ ।
दक्षिण भारतमा जङ्गली हात्ती र मानिसका बीचमा घटेको घटना हो । एउटा हात्तीको बच्चा खाल्डामा खस्छ । आमाले कयौ प्रयास गर्दा पनि निकाल्न सक्दैन । त्यहाँ बन्यजन्तु संरक्षकहरूको समूह आउँदछ । हात्ती आक्रमण गर्दैन अलि पर गएर हेर्दछ । मानिसहरूले खाल्डो डोजर लगाएर माटोले पुर्दछन् । हात्ती आत्तिदैन । मेरो बच्चा पुरिने भो भन्ने ठानेको छैन । यी संरक्षकहरू हुन् र यीनले मेरो बच्चालाई निकाल्दैछन् भन्ने उसले बुझिहाल्छ । माटो भरिदै जान्छ । हात्तीको बच्चा माथि माथि सर्दैं आउँछ । हात्तीहरू चुपचाप हेरिरहेका छन् । अन्तमा यो प्रक्रिया अगाडि बढ्दा हात्तीको बच्चा बाहिर निस्किन्छ । खुशी भएर हात्तीले मानिसको समूहलाई सुँड उठाएर अभिवादन गर्दछ । यहाँ भन्न खोजिएको कुरा के हो भने जनावरले कुरा बुझ्दछ । झन् हात्ती त धेरै विवेकशील जनावर हो र यसले अरू जनावरभन्दा राम्ररी कुरा बुझ्दछ ।
नेपालमा धुव्रे हात्तीले उधुम मच्चाएको पनि देखेका छौ । भनिन्छ उसको ढोइलाई शिकारीले मारिदिएकाले मानव बस्तीमा आएर बारम्बार उधुम मच्चाएको हो । बाहुन डाँगीतिर आएर उधुम मच्चाउने हात्तीहरू अलि आक्रमक थिए । चिया बगानले यीनको बाटो अवरोध भएकोमा यिनीहरु बेखुश थिए । यसबाट उनीहरूको खानेकुरा अभाव भएको पनि हुन सक्दछ । झनै उनीहरुलाई तर्साउँदा खाल्डो खन्दा मानिस र उनीहरूबीच शुत्रुतापूर्ण सम्बन्ध बन्न गएको हुनु पर्दछ ।
हाल उत्तरतर्फ लागेका हात्तीहरूले जङ्गलमा उनीहरूले खाना प्रयाप्त नभएकोले नयाँ स्थान खोजेका पो हुन् कि रु हात्तीको संख्या वृद्धि भएर कुनै परिवार छुट्टिएका पो हुन् कि रु या बारम्बार खानको लागि बस्तिमा जानु पर्दा मानिससँग द्वन्द्वका कारण आजित हात्तीहरू अर्को स्थानको खोजीमा उत्तर हानिएका पो हुन् कि (संरक्षित क्षेत्रमा भएपनि नेपालमा गैडाको शिकार गरिए झैं) ? जेसुकै कारण होस् तर पाकेका केरा, फलफूल, मिठो घाँसपात बाटो बाटोमा राखिदिए पछि खुशी भएका यी हात्तीहरू मेरो विचारमा त्यतै घरजम गरेर पनि बस्न सक्दछन् ।
वन्यजन्तु संरक्षक वैज्ञानिकहरूका अनुसार हात्तीहरू यस्तो खाले लङ मार्च (लामो यात्रा) पहिलो हो । यो एसियामा विकास हुनसक्ने पर्यावरणीय सभ्यताको यो एक नमुना पनि हुन सक्दछ । हामी हात्तीको यो लङ मार्चबाट एक्काइसौ शताब्दीको पर्यावरणीय सभ्यतामा जनावर र मानिसहरूको सम्बन्धलाई पुनर्भाषित गर्न सक्नेछौं । चिनियाँ जनताले मुक्तिका लागि गरेको लङ मार्च जस्तै चिनियाँ युनानी हात्तीले गरेको यो लङ मार्च पनि उनीहरूको उन्मुक्त, सुखी जीवन र नयाँ पर्यावरणीय सम्बन्धको खोजी हुन सक्दछ ।
हात्तीको यो लङ मार्च मानिस र जनवार बीचको दुश्मनी होइन बरू सौहार्दताको खोजी हुन सक्दछ । भनिन्छ चराचुरीङ्गी या जनावरको संकेतको ठूलो अर्थ हुन्छ । हाम्रो महाद्दिपमा कोशौं टाढा साइवेरियाबाट हिउँदमा बास बस्न चराहरू नेपालको तराई र अन्य सिमसार क्षेत्रमा आउने कुरा हामीहरूले सुनेको र देखेको हो । वन्यजन्तु संरक्षक वैज्ञानिकहरूका अनुसार हात्तीहरू यस्तो खाले लङ मार्च (लामो यात्रा) पहिलो हो । यो एसियामा विकास हुनसक्ने पर्यावरणीय सभ्यताको यो एक नमुना पनि हुन सक्दछ । सायद हात्तीहरू समर भ्याकेसनमा घुम्न निस्केका पो हुन् कि रु किनकी उनीहरूले पनि बुझेका हुन सक्दछन् कि मानिसहरू शिकारी र दुश्मन पनि हुन्छन् र त्यस्तै मानिसहरू राम्रा र हाम्रा संरक्षक पनि हुन्छन् । सायद उनीहरूले महशुस गरेका हुन सक्दछन् कि मानिसहरूले हामी हात्तीहरूको आथित्य सत्कार गरिरहेका छन् । सरकारले उनीहरूको सुरक्षा गरिरहेको छ । मानिसहरू परिवर्तन हुँदैछन् ।
हामी हात्तीको यो लङ मार्चबाट एक्काइसौ शताब्दीको पर्यावरणीय सभ्यतामा जनावर र मानिसहरूको सम्बन्धलाई पुनर्भाषित गर्न सक्नेछौं । चिनियाँ जनताले मुक्तिका लागि गरेको लङ मार्च जस्तै चिनियाँ युनानी हात्तीले गरेको यो लङ मार्च पनि उनीहरूको उन्मुक्त, सुखी जीवन र नयाँ पर्यावरणीय सम्बन्धको खोजी हुन सक्दछ ।